ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका रामहरि खतिवडा विजयी
ओखलढुङ्गा । ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् ।
वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खतिवडा निवर्तमान सांसद यज्ञराज सुनुवारलाई ६८१८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
खतिवडाले ३३५५६ र सुनुवारले २६७३८ मत ल्याएका छन् ।
२०७४ को निर्वाचनमा खतिवडालाई ५२५३ मतले पराजित गर्दै सुनुवार विजयी भएका थिए ।
ओखलढुङ्गाका २ प्रदेशसभामा समेत काङ्ग्रेस(माओवादीका साझा उम्मेदवार विजयी भएका छन् । १ मा कांग्रेसका प्रदीप सुनुवार र २ मा माओवादीका बाबुराम गौतमले चुनाव जितेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #रामहरि खतिवडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्