गोरखा १ मा बजगाई र २ मा दाहालको फराकिलो मतान्तर सहित अगाडी
गोरखा । गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाई र २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल फराकिलो मतान्तर सहित निरन्तर अगाडी छन् ।
गोरखा १ मा ४२ हजार एक सय २७ मत गणना गर्दा बजगाईले २४ हजार तीन सय मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका रामशरण बस्नेतले ११ हजार तीन सय २१ मत प्राप्त गरेका छन् ।
गोरखा क्षेत्र नम्बर २ मा ३७ हजार तीन सय ३२ मत गणना गर्दा दाहालले १९ हजार पाँच सय ३१ मत पाए भने निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले सात हजार एक सय ६७ मत पाए । नेकपा एमालेका अब्दुस मियाँले पाँच हजार एक सय तीन मत प्राप्त गरे । दुबै क्षेत्रको मत गणना जारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot, #पुष्पकमल दाहाल, #राजेन्द्र बजगाईँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्