रुपन्देही- ४ (ख) मा कांग्रेसका वसीउद्दीन निर्वाचित
रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट नेपाली कांग्रेसका वसीउद्दीन खाँ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवलाई पराजित पार्दै खाँ विजयी हुनुभएको हो । उहाँले ११ हजार ३०५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मोहनलाल यादवले आठ हजार २६५ मत पाउनुभयो ।
त्यस्तै, जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले सात हजार ६६१ मत पाएका निर्वाचन अधिकारी देवेन्द्र आचार्यले जानकारी दिनुभयो ।
खाँ वि.स. २०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसबाटै निर्वाचित भएर लुम्बिनी प्रदेशको शिक्षामन्त्री समेत बन्नुभएको थियो ।
क्षेत्र नम्बर ४ (क) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कन्हैया बनिया विजयी हुनुभएको छ । रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #वसीउद्दीन खाँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्