जाजरकोट प्रदेश सभामा गठबन्धनका उम्मेदवार विजयी
जाजरकोट । जाजरकोटको प्रदेश सभा अन्तर्गत भएका निर्वाचनमा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा क मा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका वेदराज सिंहले १८ हजार ५४३ मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बरबहादुर सिंहले ११ हजार ४७० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, स्वतन्त्र उम्मेदवार कमानबहादुर खड्काले चार ४४६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै प्रदेश ख मा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका राजीवविक्रम शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जिल्ला अध्यक्ष खीमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गर्नुभएको छ ।
विजयी दुवै उम्मेदवार २०७४ सालको निर्वाचनमा पराजय हुनुभएको थियो । विजयी राजीवविक्रम शाह जाजरकोटको प्रतिनिधि सभामा पराजय हुनुभएको थियो भने वेदराज सिंहले सोही प्रदेशमा नै हार व्यहोर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #गठबन्धनका उम्मेदवार विजयी, #जाजरकोट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्