समानुपातिक मतगणना : कुन पार्टीले कति ल्याए ?
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ। देशभरका विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमाले २ लाख २१ हजार ६५३ मतसहित अगाडि छ।
नेपाली कांग्रेसले १ लाख ९८ हजार ७६९ मत ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १ लाख मत कटाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख १ हजार ७०३ मत ल्याएको छ।
नेकपा माओवादी केन्द्र भने समानुपातिकतर्फ चौथो स्थानमा छ। माओवादीले ९२ हजार १८४ मत ल्याएको छ। माओवादीपछि राष्ट्रिय प्रजातन्त्र पार्टी छ। राप्रपाले ५१ हजार ९०१ मत ल्याउँदा जनता समाजवादी पार्टीले १६ हजार ८५६ मत ल्याएको छ। सिके राउत नेतृत्वको जनमत पार्टीले १६ हजार १७६ मत ल्याएको छ।
नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फ १३ हजार ६१७ मत ल्याएको छ। नेकपा एकीकृत समाजवादीले ११ हजार ९५६ मत ल्याउँदा नागरिक उन्मुक्ति पार्टीले १० हजार ४६८ मत पाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #समानुपातिक मतगणना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्