काठमाडौं ५ मा प्रदीप पौडेल पाँच हजार मतान्तरले विजयी
काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल विजयी हुनुभएको छ । नेकपा ९एमाले० का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल पहिलो पटक सांसद पदमा निर्वाचित हुनुभएको हो ।
काठमाडौं ५ मा खसेको ४५ हजार ९८७ मतमध्ये पौडेल १५ हजार २३७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पोखरेलले १० हजार १७२ मत पाउनुभएको छ । ५ हजार ६५ मत अन्तरले पौडेल विजयी हुनुभएको हो । निर्वाचन अधिकृत ऋतबहादुर पुलामी मगरले अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ भन्नुभयो ।
नेता पोखरेल ९एमाले० का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुनुहुन्छ । उहाँले यसअघि यही क्षेत्रबाट विजय हासिल गर्नुभएको थियो । उहाँ पूर्व रक्षामन्त्री पनि हुनुहुन्छ ।
पौडेल विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा आउनुभएको हो । उहाँ अमृत क्याम्पसबाट नेपाल विद्यार्थी नेताका रूपमा उदाउनुभएको हो । उहाँ स्ववियु सभापति, नेपाल विद्यार्थी सङ्घको उपाध्यक्षसहित केन्द्रीय अध्यक्ष हुनुभयो ।
नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले उहाँलाई केन्द्रीय सदस्यमा नियु्क्त गर्नुभएको थियो भने १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँ २०६२–६३ सालको जनआन्दोलन २०६३ मा अग्रपङ्क्तिमा रहेका युवाहरूमध्ये एक प्रभावशाली विद्यार्थी नेता हुनुहुन्थ्यो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं निर्वाचन क्षेत्र नम्बर २(१), #प्रदीप पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्