ललितपुर क्षेत्र नम्बर २ (क) मा एमालेका रामेश्वर श्रेष्ठ विजयी

ललितपुर । वागमती प्रदेशसभातर्फ नेकपा एमालेले खाता खोलेको छ । ललितपुर क्षेत्र नम्बर २ (क) मा एमाले नेता रामेश्वर श्रेष्ठ विजयी हुँदै प्रदेशसभामा खाता खोल्नुभएको हो ।
श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीलाई १४ सय ४८ मतले हराउँदै निर्वाचित हुनुभएको हो । श्रेष्ठले ८ हजार २९८ मत पाएर बिजयी बन्दा राप्रपाका केसीले ६८५० पाउनु भयो भने सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार रिसा श्रेष्ठले ५ हजार ९७३ पाउनु भएको छ ।
२०७४ को निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएका श्रेष्ठ यसपटक प्रदेशसभामा बिजयी हुनुभएको हो । २०१८ साल असार १ गते ललितपुरको महालक्ष्मी९ ५ टिकाथलीमा जन्मिएका श्रेष्ठ २०३५ सालमा अनेरास्ववियु संगठित भएर राजनीतिमा होमिनुभएको थियो ।
अनेरास्ववियु काठमाडौं, पाटन, भक्तपुर जिल्लाको सचिव र दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका श्रेष्ठ अनेरास्ववियु सातौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यको भूमिकामा रहनुभएको थियो । उहाँ नेकपा एमाले ललितपुर जिल्ला कमिटी सचिवालय सदस्य, प्रदेश कमिटी सदस्य हुँदै हाल एमाले केन्द्रीय लेखा आयोग सदस्य हुनुहुन्छ
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमालेका रामेश्वर श्रेष्ठ विजयी, #रामेश्वर श्रेष्ठ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्