Techie IT
शुक्रबार, वैशाख १८,२०८३

समानुपातिकतर्फको मतणनामा एमाले अगाडि


काठमाडौं । समानुपातिकतर्फको मतणनामा एमाले अगाडि छ । हालसम्म एमालेले ७६ हजार तीन सय २३, कांग्रेसले ६५ हजार सात सय ९२, राष्ट्रिय स्वतन्त्र पार्टीले ३३ हजार तीन सय ३७, माओवादी केन्द्रले २९ हजार ६ सय ५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ४४ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टीले पाँच हजार आठ सय ३३, जनमत पार्टीले पाँच हजार चार सय ५५, नेपाल मजदुर किसान पार्टीले चार हजार चार सय ३८, नागरिक उन्मुक्ति पार्टीले तीन हजार पाँच सय ३८, नेकपा ९एकीकृत समाजवादी०ले तीन हजार ४६० मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #समानुपातिकतर्फको मतणनामा एमाले अगाडि


तपाईको कमेन्ट लेख्नुहोस्