काठमाडौं- ३ (क) मा कांग्रेसका छिरिङदोर्जे लामा विजयी

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ को (क) मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी हुनुभएको छ । लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का चन्द्रमान लामाले तीन हजार ४१५ मत पाउनुभएको छ ।
कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका काठमाडौं महानगरपालिका–६ का पूर्वध्यक्ष दीपेन्द्र लामाले दुई हजार ९३३ मत पाउनुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का चुण्डी लामाले दुई हजार २७६ मत पाउनुभयो । निर्वाचित लामा यसअघि २०७४ सालको निर्वाचनमा पनि प्रदेशसभा सदस्य पदमा विजयी हुनुभएको थियो ।
काठमाडौं–३ मा कांंग्रेसकै अग्रता
यसैगरी, काठमाडौं–३ को प्रतिनिधिसभा सदस्य पदमा पनि कांग्रेसले नै अग्रता कायम गरेको छ । कुल १७ हजार २५२ मत गणना गर्दा कांग्रेसका सन्तोष चालिसेले छ हजार ४५९ मत पाउनुभएको निर्वाचन अधिकृत शाहीले जानकारी दिनुभयो । नेकपा ९एमाले०का कृष्ण राईले पाँच हजार ६०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का दुर्गाविक्रम थापा क्षेत्रीले दुई हजार आठ सय ३७ मत पाउनुभएको छ । राप्रपाका गणेश गिरीले एक हजार एक सय ५८ मत पाउनुभएको छ ।
प्रदेश–२ मा पनि कांग्रेसको अग्रता
काठमाडौं–३ को प्रदेश–२ मा पनि कांग्रेसका उम्मेदवार विमल ठकुरीको अग्रता कायमै छ । यो प्रदेश क्षेत्रको छ हजार ९९१ मत गन्दा ठकुरीले तीन हजार ५२ मत पाउनुभएको छ । एमालेका रामेश्वर फुयाँलले दुई हजार १सय ६४, राप्रपाका कमल सुनारले ७५५ र नेकपा (माओवादी केन्द्र) का महेश्वर फुयाँलले ३३९ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #छिरिङदोर्जे लामा, #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्