सिन्धुपाल्चोक–१ मा एमालेका सरेश नेपाल र २ मा कांग्रेसका मोहन बस्नेत अगाडि

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ ।
पछिल्लो मतपरिणामअनुसार नौ हजार नौ सय ३२ मतगणना हुँदा क्षेत्र नं १ मा नेकपा (एमाले)का सरेश नेपालले चार हजार एक सय ४९ मत प्राप्त गरेका छन् ।
त्यस्तै लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटाले तीन हजार सात सय २२ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ प्रदेश (१) मा कांग्रेसका मसिना खड्का तीन हजार सात सय १० र एमालेका युद्धविक्रम लामाले तीन हजार तीन सय २४ मत प्राप्त गरेका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका छन् ।
जारी मतगणनामा बस्नेतले चार हजार ६ सय १६ मत प्राप्त गर्नुभएको छ भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले दुई हजार नौ सय ३९ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं २ प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल चार हजार पाँच सय २९ एमालेका अमानसिं तामाङले दुई हजार आठ सय ४४ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मोहन बस्नेत, #सरेश नेपाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्