गोरखा-१ मा राजेन्द्र बजगाईको अग्रता कायम

गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ को बाम लोकतान्त्रिक गठबन्धका तर्फबाट कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईले अग्रता कायम राखेका छन् ।
२५ सय ७४ मत गणना हुदा बजगाईले १८ सय २१ म्त प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेको उम्मेदवार रामशरण बस्नेतले ४ सय १९ मत प्राप्त गरेका छन् ।त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी सुवर्ण रोकाहा एक सय र जनता समाजवादी पार्टीका रुपेश रानाले २१ मत प्राप्त गरेका छन् ।
जिल्ला समन्वय समितिको भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना जारी छ । सोमबार साँझ मात्र सो क्षेत्रका सबै मतपेटिका संकलन भएको थियो । सडक सञ्जाल नजोडिएको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत ढुवानी गरिएको हो ।
मंगलबार बिहान दश बजे बसेको सर्वदलीय बैठक पश्चात मतगणना सुरु गरिएको हो । गोरखा–१ मा कुल ५९ हजार ८९ मत खसेको छ ।
यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका हरि अधिकारी निर्वाचित भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot, #राजेन्द्र बजगाईँ, #रामशरण बस्नेत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्