प्रहरीकै फेसबुक पेजमा अस्लील तस्बिर पोस्ट हुन थालेपछि …
जिल्ला प्रहरी कार्यालय गोरखाको नाममा रहेको फेसबुक फेजमा अस्लील तस्बिरहरु पोष्ट भएको पाइएको छ। पेजको प्रोफाइल पिक्चर र टाइमलाइन पिक्चरमा समेत अस्लील तस्बिर पोष्ट भएको भेटिएको हो।
सोमबार साँझदेखि देखा पर्न थालेको सो अस्लील तस्बिर मंगलबार बिहानसम्म पनि यथावत रहेको छ। सो पेज सन् २०१६ देखि सक्रिय थिएन। सोमबार एक्कासी अस्लील तस्बिरसहित सक्रिय भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयको नाममा रहेको फेसबुक पेज अरुले चलाएको हुनसक्ने जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए। ‘पेजमा यस्तो देखिएपछि तनाब हुन थालेको छ। रातभरि सुत्न पनि पाएको छैन’, एसपी रावलले भने, ‘विभिन्न ठाउँबाट फोन आइरहेका छन्। हामी निरन्तर त्यसलाई हटाउन र कसले यस्तो गर्यो भनेर पत्ता लगाउन लागिपरेका छौं।’ सिआईबीको समेत प्रयोग गरिएको उनले बताए।
यसअघि जिप्रका गोरखामा कार्यरतमध्य कसैले खोलेको सो पेजको पासवर्ड थाहा नहुँदा समस्या भएको उनले बताए। ‘कसले पेज खोलेको थियो, त्यो मान्छे पनि पत्ता लगाउन सकिएको छैन’, उनले भने।
अन्नपूर्णपाेष्टबाट
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अस्लील तस्बिर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्