Techie IT
बिहीबार, कात्तिक २७,२०८३

कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बाँनियाको गाडी तोडफोड


मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बाँनियाको गाडी तोडफोड भएको छ ।

मकवानपुर-२ को प्रदेशसभा (ख) का उम्मेदवार समेत रहेका बाँनिया चढेको गाडी हेटौंडा-१९ दालिमटारमा तोडफोड गरि सांकेतिक कारबाही गरेको नेकपा मकवानपुरले जनाएको छ ।

‘मकवानपुर जिल्लामा कथित उम्मेदवार मध्य भ्रष्ट, राजनीतिक दलाल, ठेकेदार, जनतामा झुटो अश्वासन दिने ठक, गुन्डागर्दीको नाइके समेत रहेको संघ २ को (ख) उम्मेदवार इन्द्रबहादुर बाँनिया चढेको गाडि हेटौंडा -१९ दालिमटार पूर्व पश्चिम राजमार्ग सडकखण्डमा तोडफोड गरि सांकेतिक कारबाही गरिएको जनसमुदाय र संचारमाध्यमहरुमा जानकारी गर्दछौँ ।’ नेकपाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #इन्द्रबहादुर बाँनिया, #कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बाँनियाको गाडी तोडफोड


तपाईको कमेन्ट लेख्नुहोस्