काठमाडौं महानगरले ट्राफिक व्यवस्थापन गर्न नगरप्रहरी खटायो
काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगरप्रहरी खटाउन थालेको छ ।
महानगरपालिकाले काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई उचित व्यवस्थापन गर्न भन्दै ट्राफिक जाम बढी हुने समयका लागि नगरप्रहरी खटाउन थालेको हो । नगरप्रहरी बलका प्रमुख नगरप्रहरी उपरीक्षक राजु पाण्डेकाअनुसार सवारी साधनको चाप धेरै भएको समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको हो ।
महानगरपालिकाले कात्तिक ३० गते बुधबारबाट उपत्यकाको सवारी चाप व्यवस्थापनका लागि नगरप्रहरी खटाउन थालेको हो । कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी र कलंकी लगायत स्थानमा नगरप्रहरीको जनशक्ति परिचालन गरेको महानगरले जनाएको छ ।
त्यस्तै पछिल्लो समय आगामी प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि खटिएका म्यादी प्रहरी पनि काठमाडौं उपत्यकाको सवारी चापको समाधानका लागि प्रमुख चोकामा खटेका छन् । निर्वाचनलाई केन्द्रित गरी सरकारले पछिल्लो समय सुरक्षा व्यवस्था पनि कडा बनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #काठमाडौं महानगरले ट्राफिक व्यवस्थापन गर्न नगरप्रहरी खटायो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्