काठमाडौं १ मा उम्मेदवारी निस्क्रिय पार्दै डम्बर साहु, प्रकाशमानलाई हराउन लाग्ने घोषणा
काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका डम्बर साहुले आफ्नो उम्मेदवारी निस्क्रिय तुल्याउने भएका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई हराउने घोषित उद्देश्यसहित उनले यस्तो कदम चालेका हुन् ।
साहुले आज पत्रकार सम्मेलन गर्दै उम्मेदवारी निस्क्रियको घोषणा गर्दैछन् । अब आफूले कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने उनले खुलाएका छैनन् । पटक–पटक चुनाव जितेर पनि केही गर्न नसकेका सिंहलाई हराउनका लागि अन्य उम्मेदवारहरु एकजुट बन्नुपर्ने उनको भनाइ छ ।
नेपाल प्रेससँग साहुले भने, ‘मैले यही उम्मेदवारलाई समर्थन गर्छु भनेको छैन । कुनै एक उम्मेदवारलाई सर्वसम्मत बनाउँ भन्ने मेरो प्रस्ताव हो । रविन्द्र मिश्र, किरण पौडेल, रमेश खरेल, पुकार बम जसको नाममा पनि सहमति गर्दा हुन्छ । म चाहिँ अब यो दौडमा हुन्न ।’
साहुले हाम्रो नेपाली पार्टी ९लौरो अभियान० बाट काठमाडौं १ मा उम्मेदवारी दिएका थिए । स्थानीय चुनाव अगाडि स्वतन्त्र अभियान चलाएका साहुकै पहलमा केही स्वतन्त्र उम्मेदवारहरु मिलेर हाम्रो नेपाली पार्टीका नाममा चुनाव लडेका हुन् । आफ्नो उम्मेदवारी निस्क्रिय तुल्याउने भएपछि उनी अहिले अन्य उम्मेदवारहरुसँग वार्तालापमा रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #डम्बर साहु, #प्रकाशमान सिंह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्