पर्वतमा जिप दुर्घटना चालकको मृत्यु, ११ घाइते
पर्वत । पर्वतको जलजला गाउँपालिका–३ माइनडाँडामा बुधबार साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ११ जना घाइते भएका छन् । वारीबेनीदेखि मल्लाज जाँदै गरेको ग१ज ५२९६ नम्बरको जिप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई पोखरा रिफर गरिएको र आठ जनाको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परी जिपका चालक पर्वतको जलजला गाउँपालिका–२ का ३७ वर्षीय डम्मरबहादुर नेपालीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए ।
गम्भीर घाइते भएका उमेर नखुलेकी सिर्जना परियार, वर्ष १५ का आशिस नेपाली र वर्ष ३० का सुमन नेपालीलाई पोखरा पठाइएको छ ।
घाइते सबैको बेनी अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार सबैजना जलजला गाउँपालिका–२ का बासिन्दा हुन् । जिप उकालो सडकबाट करिब एक सय ५० मिटर तल पाखोमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राउतले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##जिप दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्