टोखा नगरपालिकाको दर्जनौ युवा एमाले प्रवेश
काठमाडौँ । टोखा नगरपालिकाका विभिन्न वडाका काँग्रेस र माओवादीमा आबद्ध तथा स्वतन्त्र गरी ७१ जना युवाहरू विकेश थापा मगर र राजेन्द्र लामाको नेतृत्वमा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बसुन्धारामा बुधवार साँझ आयोजित कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले उनीहरूलाई पार्टीमा स्वागत गर्नुभयो ।
सो अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेलले युवाहरूको भावनालाई आफूले सम्मान गर्दै उचित जिम्मेवारी दिने बताउनुभयो ।
काठमाडौँ क्षेत्र नम्बर ५ मा नेकपा एमालेको पक्षमा लहर आएको बताउँदै उहाँले यस क्षेत्रको जनताको माया, स्नेह र सकारात्मक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले प्रवेश, #टोखा नगरपालिका, #टोखा नगरपालिकाको दर्जनौ युवा एमाले प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्