मंसिर ४ गते आफ्नो र छोराछोरीको भविष्य सम्झिएर मतदान गर्न अध्यक्ष ओलीको आग्रह
कठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते आफ्नो र छोराछोरीको भविष्य सम्झिएर मतदान गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै अध्यक्ष ओलीले अबको ५ वर्ष मुलुकलाई कसको हातमा सुम्पने भन्ने निर्क्योल गर्नुपर्ने बेला आएको बताएका छन् ।
उनले भनेका छन्, ‘भोट हाल्नुअघि दुई भविष्यलाई सम्झनुहोला । पहिलो तपाईँको आफ्नै भविष्य र दोस्रो तपाईँका छोराछोरीको भविष्य ।’ उनले आफू झुटो नबोल्ने र सत्य नछोड्ने पनि बताएका छन् । ‘म झुटो बोल्दिँन, सत्य छोड्दिँन । तपाईँलाई थाहा छ म पटक पटक मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति हुँ ।’
अध्यक्ष ओलीले अहिले देश केही व्यक्ति र समूहको स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको बताउँदै गठबन्धनको कुनै राष्ट्रिय उदेश्य नभएको र गठबन्धन रहिरहे मुलुक बर्बाद हुने जिकिर गरे ।
राष्ट्रियहित, स्वाधिनता, स्वाभिमानको रक्षा र स्थिर सरकारका लागि मंसिर ४ गते एमालेलाई मतदान गर्न पनि ओलीले अपिल गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्