आज मध्यरातिदेखि मदिरा बिक्रि वितरण, ओसारपसार तथा सेवनमा रोक

काठमाडौं । आज बिहीबार मध्यरातिदेखि मदिरा बिक्रि वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ ।
निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो ।
४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था अनुसार उक्त निर्णय भएको हो ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन अधिकृत तथा मतदान अधिकृतले रहेको सन्दर्भमा मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नको लागि मतदानको मिति भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सेवन निषेध गराउन निर्देशन दिइएको हो । उक्त निर्णय कार्यान्वयन गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिइएको छ ।
मदिरा व्यवसायीलाई पनि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण नगर्न अनुरोध गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ओसारपसार तथा सेवनमा रोक, #मदिरा बिक्रि वितरण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्