नेकपा एमाले दोलखाद्वारा तामाकोसी गाउँपालिकामा शक्ति प्रदर्शन
दोलखा । नेकपा एमालेले दोलखाको तामाकोसी गाउँपालिकामा शक्ति प्रदर्शन गरेको छ । चुनावी प्रचार अभियान अन्तर्गत नेकपा एमालेले तामाकोसी गाउँपालिकामा अन्तिम चुनावी सभाको आयोजना गरेको हो । उक्त चुनावी सभामा ठुलो सङ्ख्यामा जनताको उपस्थिति देखिएको छ ।
निर्वाचन प्रचार अभियान सकिने अघिल्लो दिन नेकपा एमाले तामाकोसी गाउँपालिकाले भव्य कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले दोलखाका शीर्ष नेता, उम्मेदवार लगायतका नेताहरूले जिल्लाको तीन वटै सिट जित्ने उद्घोष गरेका छन् । कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य आनन्द प्रसाद पोखरेलले एमालेको पक्षमा देखिएको जनलहरले जिल्लामा एमाले उम्मेदवारको जित सुनिश्चित भएको बताउनुभयो । ‘यो जनताको उपस्थितिले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले उम्मेदवारको जित सुनिश्चित भएको प्रमाण हो, पोखरेलले भन्नुभयो, ‘अब एमालेको विजयलाई कसैले रोक्न सक्दैन ।’
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमालेले दोलखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्