इरानले यमन पठाएको सत्तरी टन ‘मिसाइल’ इन्धन अमेरिकी सेनाको आफ्नो नियन्त्रणमा
दुबई। इरानले यमन पठाएको सत्तरी टन ‘मिसाइल’ इन्धन अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा दिएको छ । इरानबाट यमन जाने पानीजहाजमा मलका झोलामा लुकाइएको ७० टन मिसाइल इन्धन अमेरिकी नौसेनाले मङ्गलबार नियन्त्रणमा लिएको बताएको छ ।
यमनमा युद्धविराम भङ्गभएपछि अवैधरूपमा पठाइएको उक्त इन्धन पहिलोपटक जफत भएको हो । अमेरिकी सेनाले जफत गरेको इन्धनले एक दर्जनभन्दा बढी मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र सञ्चालन गर्न सकिन्छ । यमनका इरान समर्थित हुथी विद्रोहीले देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र साउदी नेतृत्वको गठबन्धन सेनालाई आक्रमण गर्न प्रयोग गरेका हतियारमा बरामद इन्धन उपयोग गरिएका अमेरिकी नौसेनाले बताएको छ ।
विष्फोटक पदार्थसमेत बनाउन मिल्ने मल र मिसाइल इन्धनको ढुवानी गम्भीर चिन्ताको विषय नौसेनाका प्रवक्ता टिमोथी हकिन्सले इरानबाट यमनमा भएको हतियारको अवैध ढुवानीले अस्थिरता र हिंसा निम्त्याएको बताएका छन् । साउदी अरब, संयुक्त राज्य अमेरिका र अन्य राष्ट्रहरूलाई इस्लामिक गणतन्त्रको धर्मतन्त्रलाई परास्त गर्न आह्वान गर्दै महिनौँदेखिकोे विरोधप्रदर्शनमा उत्रिएका इरानी जनतालाई उत्तेजित पारेको आरोप लगाएको इरानको गोप्य इन्धन निकासी सार्वजनिक भएको छ । विरोधप्रदर्शन दबाउन तेहरानले गरेको कारबाहीमा तीन सय ४४ जना मारिएका छन् भने १५ हजार आठ सय २० जना पक्राउ परेका छन् ।
कूटनीतिक प्रयासको असफलतासँगै छ महिनाका निम्ति गरिएको युद्धविरामको अवधि गत महिना समाप्त भएपछि यमनमा द्वन्द्व बढेको छ । यमन युद्धका कारण १४ हजार पाँच सय सर्वसाधारणसहित एक लाख ५० हजार जनाको ज्यान गएको छ । युद्धविरामको अन्त्य भएसँगै देशका विभिन्न भागमा विद्रोहीले आक्रमण जारी राखेका छन् ।
सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घले हुथी समूहलाई हतियार हस्तान्तरणमा प्रतिबन्ध लगाएको भए पनि इरानले समुद्रीमार्गबाट उक्त समूहलाई हतियार निर्यात गर्दै आएको छ ।एपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्