गठबन्धन १५ वर्षसम्म कायम रहन्छ : शेरबहादुर देउवा

वीरेन्द्रनगर। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन अझै १५ वर्षसम्म कायम रहने बताउनुभएको छ ।
पूर्वी सुर्खेतको मेहलकुनामा आयोजित गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले देशको शान्ति र समृद्धिका लागि गरिएको गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सुर्खेतका मतदातामाझ आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध बनेको गठबन्धन भएकाले देश र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
“ओलीजीले दुई पटक संसद् विघटन गर्नुभयो । संविधानको अङ्ग भङ्ग गर्ने काम गर्नुभयो, हामी संसद्को पूर्ण कार्यकाल राख्न चाहन्छौँ” उहाँ भन्नुभयो, “माननीयहरूले आलोचना गर्ने बित्तिकै ओलीको जसरी संसद् विघटन गर्दैनौँ ।” प्रधानमन्त्री देउवाले संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले निर्वाचन जित्न आवश्यक रहेको औँल्याउनुभयो ।
सोही कार्यक्रममा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको अहंकारका कारण वाम गठबन्धन टुटेको बताउनुभयो । “अब धोकेबाजसँग कुनै समीकरण हुँदैन”, उहाँले भन्नुभयो, “गिरिजाप्रसाद कोइरालासँगै मैले १२ बँुदे सम्झौतामा हस्ताक्षर गरेर जोडेको गठबन्धन हो, यो चुनावसम्म मात्र होइन लामो समयसम्म कायम रहन्छ ।”
अध्यक्ष दाहालले गठबन्धन १५ वर्ष जाने र देशमा शान्तिको नयाँयुगको सुरुआत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो गठबन्धन संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई अगाडि बढाउनका लागि गरिएको गठबन्धन हो ।” देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने पनि उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #शेरबहादुर देउवा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्