Techie IT
सोमबार, वैशाख २२,२०८२

जुनसुकै पार्टीको भए पनि अब युवा पुस्तालाई अगाडी सार्न काठमाडौं ६ का युवाहरु सक्रिय : लोकप्रिय बन्दै मास्के


किरण अधिकारी

काठमाडौं । निर्वाचन क्षेत्र नम्बर ६ ‘ख’बाट नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार हुन् अमन मास्के । सामाजिक व्यवसायीक एवम् राजनीतिक क्षेत्रमा अब्बल इन्जिनियर मास्के काठमाडौँ क्षेत्र नं ६ प्रदेश २ को नेतृत्व लिने अभियानमा छन् ।
तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङ्गमा जन्मिएका इन्जिनियर मास्केसँग थुप्रै सङ्घ संस्थाको नेतृत्व गरेको अनुभव छ ।

आर्किटेक्चरल इन्जिनियरिङमा स्नातक तथा ईन्जिनियरीङ्ग विषयको निमार्ण व्यवस्थापनमा मास्टर डिग्री , समाज शास्त्रमा मास्टर डिग्री र एमफील सम्मको अध्ययन पुरा गरेका मास्केले विगत दुई दशकदेखि विभिन्न किसिमका आवासीय भवन,अस्पताल होटेल,व्यापारिक तथा औद्योगिक भवन लगायतका थुप्रै संरचनाहरूको नक्सांकन तथा सुपरिवेक्षणको काम गदै आइरहेका छन् । आर्किटेक इन्जिनियरको रूपमा प्रसिद्ध उनी राजनीतिमा पनि अब्बल हुन चाहन्छन् ।
हाल उनी त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि ‘पिएचडी’ को अध्ययन पनि गरिरहेका छन् ।

काठमाडौँको उत्तरी भेगमा रहेर सामाजिक आर्थिक एवम् पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएका मास्केले कला,संस्कृतिको जगेर्ना सँगै संवर्द्धन प्रवर्द्धन समेत उल्लेख्य टेवा पुराउने योजनाका साथ अघि बढी रहका छन् ।
प्रोगेसीप ईन्जिनियरीङ्ग एसोसिएसन नेपालका केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रही कुशल नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका मास्केमा ईमान्दार र लगनशील स्वभाव भएकै कारण उनी सामाजिक सँगै व्यावसायिक जीवनमा समेत सफल छन् ।
विद्यार्थीकलादेखि नै सामाजिक एवम् राजनैतिक चेतले भरिपूर्ण मास्के योग्यता र क्षमताका कारण देश विदेशको भ्रमण गरी विभिन्न ठाउँको वस्तु स्थिति बुझ्न सफल भए । यसरी व्यवसायीक तथा सामाजिक कार्यमा सफलता हात पारेका व्यक्तिले आफ्नो राजनैतिक यात्रा पनि इमानदारिता तथा अधि बढ्ने अठोट लिएका छन् ।

इन्जिनियरिङ पृष्ठभूमिको भएकाले पूर्वाधार विकास उनको प्राथमिकतामा रहनेछ । तर ,पूर्वाधार विकासका क्रममा सम्पदाहरूको संरक्षण र संवर्द्धनको पक्षलाई पनि उत्तिकै ख्याल गर्ने उनको योजना छ । अर्थात् हाम्रो मौलिकता र पहिचान तथा पूर्वाधार विकासबिच पूर्ण रूपमा सन्तुलन हुनेछ ।

असल इमानदार र बौद्धिक युवा नेताका रूपमा आफ्नो क्षेत्रमा निकै परिचित मास्केमा आफ्नो टोल ,छिमेक ,समाज अनि राष्ट्र विकास गर्ने दरिलो आँट छ । यही छवि, विश्वास र आँटका कारण आज उहाँ यही आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ६ को प्रदेश ख को उम्मेदवार बन्न सफल भएका छन् ।

होनहार , जुझारु युवा नेता मास्केमा निर्वाचित भएर देश विकासको सारथि बन्ने विश्वास गर्न सकिन्छ ।
राजनीतिमा युवालाई आकर्षण र सहभागी गर्न सके लोकतन्त्र बलियो हुन्छ । विकासका विभिन्न मुद्दामा युवाहरूको विशेष प्रभाव र भूमिका रहन्छ । साथै, युवाको उपस्थितिले राजनीतिक स्थितिहरूमा पुरातन वादी मनोवृत्ति परिवर्तन गर्न सक्छन् । युवाहरूलाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नयाँ आयाम दिन सक्छ ।

मुलुकको समृद्धिका लागि राज्यको नीति निर्माण र नेतृत्व तहमा युवाको समान एवं सार्थक सहभागिता आजको आवश्यकता हो ।
समाज र जनताको लागि केहि राम्रो काम गरौँ भनेर अघि बढिरहेका उनलाई गफ गरेर मात्र हैन काम गरेर जनताको मन जित्नुपर्छ भन्ने कुरा राम्ररी थाहा छ । सधैँ सत्यको बाटोमा लागेर देशका लागि केही गर्ने सोच लिएका युवा उम्मेदवारलाई जनताको साथको पनि खाँचो छ ।

तसर्थ हामी पनि योजनाबद्ध दिगो विकास अभियानका लागि राजनीतिक,सामाजिक तथा व्यवसायीक क्षेत्रका कुशल नेतृत्व अमन मास्केलाई साथ र समर्थनको खाँचो रहेको युवाहरुको भनाई छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमन मास्के


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:18 am6:41 pm +0545