८४ वटा सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री
प्रेस काउन्सिल नेपालको आचारसंहिता विशेष अनुगमनका क्रममा ८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको देखिएको छ । कात्तिक २९ गते बेलुका ५ः०० बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमनको दायरामा रहेकामध्ये १५ वटा छापा माध्यम, ५ वटा टेलिभिजन, २० वटा रेडियो, ४४ वटा अनलाइन गरी ८४ वटा सञ्चार माध्यम र ५ वटा वेबपोर्टलबाट यस्ता सामग्री सम्प्रेषण भएको पाइएको हो ।
यसमा ६ वटालाई निर्देशन, ४६ वटालाई ध्यानाकर्षण, १८ वटालाई सचेत र ११ वटालाई स्पष्टीकरण सोधिएको छ । दर्ता÷सूचीकरण नभएका ५ वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ भने ३ वटा अनलाइन मिडियालाई फोन सम्पर्क गरी ध्यानाकर्षण गराइएको छ । यस्तै मिडियाअन्तर्गतको केही सामाजिक सञ्जाललाई उजुरीका आधारमा ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन (मङ्सिर ४) नजिकिँदै जाँदा आचारसंहिता उल्लङ्घनका नयाँ नयाँ प्रवृत्तिहरू देखिएका छन् । यस्तो प्रवृत्ति सरकारी र निजी दुवै क्षेत्रका सञ्चार माध्यममा देखिएको छ ।
सरकारी सञ्चार माध्यमको दुरुपयोग गर्दै कुनै दल तथा उम्मेदवारको विषयमा मात्र एकपक्षीय रूपमा सामग्री सम्प्रेषण गरेको बारेमा परेको उजुरीउपर सुनुवाइ गरी काउन्सिलले नेपाल टेलिभिजनसँग ‘भिडियो फुटेज’ का लागि पत्राचार गरी सो सम्बन्धमा अनुगमन गरिरहेको छ । यस्तै कुनै दलका उम्मेदरवारलाई लक्षित गरी प्रकाशित ‘हाते पर्चा’ उकालो डटकममा प्रकाशन भएको उधृत् गर्दै उजुरीको रूपमा प्राप्त भएको हुँदा सोको अध्ययन–अनुगमन भइरहेको छ भने उक्त सञ्चार माध्यमलाई गराइसकिएको छ । आमसञ्चार माध्यममा निर्वाचनका सन्दर्भमा देखिएका आचारसंहिता उल्लङ्घनका विषयलाई वर्गीकरण÷मूल्याङ्कनका साथै लोककल्याणकारी भुक्तानीका लागि आधारको रूपमा लिनेगरी अभिलेखीकरण गर्ने निर्णय भएको हुँदा सोको जानकारी गराइन्छ । पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) र निर्वाचन आचारसंहित निर्वाचन आचारसंहिता, २०७९ मा मतदान कार्य सकिनुअधि नै मत सर्वेक्षण तथा विश्लेषण गर्न नहुने र विज्ञापन सम्प्रेषण गर्दा साइज, समयमा ध्यान दिइ सःशुल्क उल्लेख गर्नुपर्ने सम्बन्धमा निर्वाचन आचारसंहितामा स्पष्ट रुपमा उल्लेख छ ।
अतः यस्ता सबै प्रावधानतर्फ विशेष ध्यान दिइ समाचार, विज्ञापन सम्प्रेषण गर्न÷गराउन काउन्सिल सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको ध्यानाकर्षण गराइन्छ । यसैबिच काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला मतदाताका लागि सञ्चार माध्यम झन् बढी जिम्मेवार र भरोसायोग्य बन्नुपर्ने बताउनुभयो । यस्तो बेला मिडियाका विषयवस्तु सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय हुनुपर्छ । पक्षधरता लिनै हुँदैन । ‘जे हो त्यो प्रस्तुत गर्न सकेन भने मिडियालाई पत्याउँदैनन’्, अध्यक्ष बस्नेतले भन्नुभयो–‘निश्चित विधि, प्रक्रिया र आधार विनाको सर्वेक्षणले एउटा समाचार त बन्ला तर त्यो कतिको विश्वसनीय हुन्छ भन्ने प्रश्न चाहिँ उठिरहन्छ । त्यसैले मिडियाप्रति भरोसा बढाउनकै लागि संयमित र सन्तुलित हुनु जरुरी छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #८४ वटा सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री, #प्रेस काउन्सिल नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्