मतदाताको माया बटुल्दै कृष्ण धिताल
गोरखा । गोरखा क्षेत्र १ (क) का वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कृष्ण धिताल बिजयले मतदाता भेटघाटलाई तिब्र पारेका छन्। चुनावको मिति नजिकिदै जादा धितालले चुनावी अभियानलाई तिब्र पारेका हुन्। एकै दिन दर्जन भन्दा बढी भेटघाट गरेका उनले आफुले जनताको ब्यापक समर्थन पाएको बताएका छन्।
नेकपा माओवादी केन्द्रबाट चुनावमा होमिएका धितालले चुनावी अभियानको क्रममा प्रदेश ९क० को सबै क्षेत्रमा एकसरो कार्यक्रम गरिसकेका छन् भने अहिले छुटेका ठाउँमा भेटघाटलाई तिब्र पारेको जानकारी दिए । निरन्तर जनताको घरदैलो अभियानमा लागेका थिताल जनताले भोगेका समस्यालाई टिपोट गर्दै तत्काल सम्बोधन गर्न सकिने समस्यालाई समाधान गरिदिने गर्छन।गोरखामा सालिन र इमान्दार नेताको छवि बनाएका धिताल आफुले चुनाव जित्नेमा ढुक्क देखिन्छन्। भुँइतहका जनताको समस्यालाई नजिकबाट बुझ्नको लागि मतदाताको घर(घर र टोलटोल पुगेका धितालले गठबन्धनको पूर्ण साथ र सहयोग रहेको बताएका छन् ।जनताको समस्यालाई आफ्नै समस्या ठान्ने उनले जनताको सेवानै आफ्नो मुख्य उदेश्य रहेको बताउदै आफ्नो क्षेत्रको विकास र समृद्धिको लागि निरन्तर लाग्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #कृष्ण धिताल बिजय, #मतदाताको माया बटुल्दै कृष्ण धिताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्