Techie IT
बिहीबार, वैशाख २५,२०८२

सुर्खेतमा सासूको हत्या गरेको आरोपमा ज्वाइँँ पक्राउ


सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिकाको चौरासेमा सासूको हत्या गरेको आरोपमा ज्वाइँँ पक्राउ परेका छन् ।

लेकवेसी नगरपालिका–९, चौरासेमा सोमबार ७३ वर्षीया डिल्लीसरा जैसी ९भण्डारी०को शव भेटिएको थियो ।

भण्डारीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३३ वर्षीय सालिकराम बाँस्तोलालाई आज भेरीगंगा नगरपालिकाको कालिदमारमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

सामान्य विवादमा सालिकरामले धकेल्दा डिल्लीसराको टाउको ढुंगामा ठोक्किएर मृत्यु भएको थियो । घटनापछि लुकेर बसेका सालिकरामलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले जानकारी दिनुभयो । उहाँले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #सुर्खेतमा सासूको हत्या गरेको आरोपमा ज्वाइँँ पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:17 am6:42 pm +0545