सोचे भन्दा राम्रो प्रतिक्रियाले उत्साहित छु: उम्मेदवार बजगाई

काठमाडौँ । गोरखा प्रतिनिधि सभा सदस्य उम्मेदवार, गोरखा संघीय क्षेत्र नः १ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार ले मतदाता भेटघाटलाई तिब्र पार्नुभएको छ। चुनावको मिति नजिकिदै जाँदा राजेन्द्र बजगाई ले चुनावी अभियानलाई तिब्रता दिनुभएको छ। एकै दिन दर्जन भन्दा बढी भेटघाट गरेका उनले आफुले जनताको ब्यापक समर्थन पाएको बताउनुभयो।नेपाली कांग्रेस बाट चुनावमा होमिएका बजगाई चुनावी अभियानको क्रममा गोरखा संघीय क्षेत्र नः १ को सबै क्षेत्रमा एकसरो कार्यक्रम गरिसक्नुभएको छ भने अहिले छुटेका ठाउँमा भेटघाटलाई तिब्र पारेको जानकारी दिनुभयो।
जनताको घरदैलो अभियानमा लागेका जनताले भोगेका समस्यालाई टिपोट गर्दै तत्काल सम्बोधन गर्न सकिने समस्यालाई समाधान गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।गोरखामा शालिन र इमान्दार नेताको छवि बनाएका बजगाई आफुले चुनाव जित्नेमा आफू ढुक्क रहेको उहाँको भनाई छ। भुँइतहका जनताको समस्यालाई नजिकबाट बुझ्नको लागि मतदाताको घर र टोलटोल पुगेका बजगाईले गठबन्धनको पूर्ण साथ र सहयोग रहेको बताउनुभएको छ ।जनताको समस्यालाई आफ्नै समस्या ठान्ने उनले जनताको सेवा नै आफ्नो मुख्य उदेश्य रहेको बताउदै आफ्नो क्षेत्रको विकास र समृद्धिको लागि निरन्तर लाग्ने बताउनुभएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #राजेन्द्र बजगाईँ, #सोचे भन्दा राम्रो प्रतिक्रियाले उत्साहित छु: उम्मेदवार बजगाई
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्