सोचे भन्दा राम्रो प्रतिक्रियाले उत्साहित छु: उम्मेदवार बजगाई
काठमाडौँ । गोरखा प्रतिनिधि सभा सदस्य उम्मेदवार, गोरखा संघीय क्षेत्र नः १ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार ले मतदाता भेटघाटलाई तिब्र पार्नुभएको छ। चुनावको मिति नजिकिदै जाँदा राजेन्द्र बजगाई ले चुनावी अभियानलाई तिब्रता दिनुभएको छ। एकै दिन दर्जन भन्दा बढी भेटघाट गरेका उनले आफुले जनताको ब्यापक समर्थन पाएको बताउनुभयो।नेपाली कांग्रेस बाट चुनावमा होमिएका बजगाई चुनावी अभियानको क्रममा गोरखा संघीय क्षेत्र नः १ को सबै क्षेत्रमा एकसरो कार्यक्रम गरिसक्नुभएको छ भने अहिले छुटेका ठाउँमा भेटघाटलाई तिब्र पारेको जानकारी दिनुभयो।
जनताको घरदैलो अभियानमा लागेका जनताले भोगेका समस्यालाई टिपोट गर्दै तत्काल सम्बोधन गर्न सकिने समस्यालाई समाधान गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।गोरखामा शालिन र इमान्दार नेताको छवि बनाएका बजगाई आफुले चुनाव जित्नेमा आफू ढुक्क रहेको उहाँको भनाई छ। भुँइतहका जनताको समस्यालाई नजिकबाट बुझ्नको लागि मतदाताको घर र टोलटोल पुगेका बजगाईले गठबन्धनको पूर्ण साथ र सहयोग रहेको बताउनुभएको छ ।जनताको समस्यालाई आफ्नै समस्या ठान्ने उनले जनताको सेवा नै आफ्नो मुख्य उदेश्य रहेको बताउदै आफ्नो क्षेत्रको विकास र समृद्धिको लागि निरन्तर लाग्ने बताउनुभएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #राजेन्द्र बजगाईँ, #सोचे भन्दा राम्रो प्रतिक्रियाले उत्साहित छु: उम्मेदवार बजगाई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्