काभ्रे जिल्लामा २६ मतदान केन्द्र ‘अति संवेदनशील’
काभ्रेपलाञ्चोक। जिल्लामा २६ मतदान केन्द्र ‘अति संवेदनशील’ रहेको जनाइएको छ । मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाको एक सय ९० स्थानमा व्यवस्थित गरिएकामध्ये तीन सय ८९ मतदान केन्द्रमध्ये २६ अति संवेदनशील, ४९ संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले जनाएको हो । भौगोलिक विकटता, अन्य केन्द्रका तुलनामा अधिक मतदाता सङ्ख्या भएको तथा गत निर्वाचनमा भएका घटनाका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान केन्द्रलाई वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।
“सामान्य भनिएका केन्द्रमा पनि घटना हुने गर्छन्, सामान्यतया भौगोलिक विकटतालाई संवेदनशील मानिन्छ” पाण्डेले भन्नुभयो । प्रजिअ पाण्डेका अनुसार संवेदनशील ठानिएका केन्द्रमा आवश्यक सुरक्षाकर्मीको व्यवस्थापनसँगै गृह मन्त्रालयको निर्देशानुसार छुट्टै सुरक्षा रणनीति अपनाइन्छ । काभ्रेपलाञ्चोकको तीन लाख १० हजार ६३ मतदाता छन् । निर्वाचन प्रयोजनका लागि तीन हजार एक सय १२ कर्मचारी र एक हजार पाँच सय ५६ स्वयंसेवक परिचालन गरिँदै छ ।
यसैगरि जिल्लामा एक हजार चार नेपाल प्रहरी र एक हजार आठ सय ८७ म्यादी प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक चक्रराज जोशीका अनुसार निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा आवश्यक थप चार सय २८ प्रहरी व्यवस्थापन भइरहेको छ ।
यस्तै कर्मचारी परिचालन कार्य अन्तिम चरणका पुगेको सदरमुकाम धुलिखेलस्थित मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । एक मतदान केन्द्रमा आठ कर्मचारी र चार स्वयंसेवक परिचालन हुनेछन् । हाल जिल्लाका दुई निर्वाचन अधिकृतको कार्यालय धुलिखेल र पनौतीमा मतदान केन्द्रमा पठाउन प्रत्यक्षतर्फको मतपत्र प्याकिङको काम भइरहेको छ । मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईका अनुसार हाल व्यवस्थापन भइरहेका कर्मचारी मङ्सिर १ गते खटाइएको मतदान केन्द्रमा जानेछन् । कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिले पनि मतदान गर्न पाउने व्यवस्थाअनुसार जिल्लाका पाँच अस्थायी मतदान केन्द्रको व्यवस्थापन गरिएको भट्टराईले बताउनुभयो ।
५० भन्दा धेरै अस्थायी मतदाता भएका स्थान सशस्त्र प्रहरी १५ नं गण पाँचखाल, जिल्ला कारागार कार्यालय, धुलिखेलस्थित कालिजंग गण र नेपाल प्रहरीका लागि एक केन्द्र र भकुण्डेस्थित नेपाली सेनाको बाहिनीमा अस्थायी राखिने भएको हो । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् । काभ्रेपलाञ्चोकमा छ पदका लागि ६४ ले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रनुभएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल काभ्रेपलाञ्चोकमा एकतीस दल क्रियाशील रहेका छन् ।
जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कूल तीन लाख १० हजार ६३ मतदाता छन् । रासस
क्याटेगोरी : समाचार
ट्याग : #काभ्रे जिल्लामा २६ मतदान केन्द्र ‘अति संवेदनशील’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्