Techie IT
बिहीबार, वैशाख १७,२०८३

इलामको पशुपतिनगर नाका मंसिर १ गते देखि बन्द हुने


इलाम । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गरेर आगामी मंसिर १ गते देखि इलामको पशुपतिनगर नाका बन्द हुने भएको छ ।

निर्वाचनलाई स्वतन्त्र , निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएको इलाम जिल्लाको सम्पुर्ण सीमा नाकाहरू बन्द गर्ने इलामका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाले बताउनुभयो । मंसिर १ गते राती १२ बजेदेखि मतदान हुने दिन मंसिर ४ गते राती १२ बजेसम्म बन्द रहने जिल्ला प्रशासन कार्यालय इलामले सूचना जारी गरी जनाएको छ ।

जिल्लामा एकीकृत सुरक्षा योजना २०७९ लागु भइसकेको छ । मतदान स्थलको सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थाको सम्पुर्ण तयारी भइसकेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #इलामको पशुपतिनगर नाका मंसिर १ गते देखि बन्द हुने


तपाईको कमेन्ट लेख्नुहोस्