Techie IT
बिहीबार, वैशाख २५,२०८२

नुवाकोटमा आमाछोरीको हत्या


त्रिशूली। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भङ्गेरीमा सोमबार साँझ आमाछोरीको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनको छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको दुप्चेश्वर गाउँपालिका–५ का वडाध्यक्ष मइतबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पु¥याएर उनीहरुको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव सोमबार साँझ ७ बजे भेटिएको हो ।

प्रहरी चौकी समुन्द्रटारबाट गएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । उहाँको अनुसार घटनामा अपराध भएको पाइएकाले सोही अनुसार प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #नुवाकोटमा आमाछोरीको हत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:17 am6:42 pm +0545