अवैधरूपमा भित्र्याइएको दुई हजार किलो माछा नष्ट
भरतपुर। भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा चितवनमा नष्ट गरिएको छ । नवलपरासीको बर्दघाटबाट काठमाडौँ लैजाँदै गरेको अवस्थामा पङ्गासियस जातका माछा कृषकले सशस्त्र प्रहरी बलको सहयोगमा नियन्त्रणमा लिएर सोमबार नष्ट गरेका हुन् । लु ३ च ३३३६ नंको योद्धा पिकअप गाडीमा ५० वटा कार्टुनमा राखिएका दुई हजार किलो माछा चितवनको रामनगरमा नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
नष्ट गरिएको माछाको बजार मूल्य करिब रु चार लाख हुने जनाइएको छ । कागजपत्र र अवस्था हेर्दा नेपाली बिलमा भारतीय माछा ल्याएको पुष्टि भएपछि माछा नष्ट गरिएको मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिनुभयो । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–२ का २३ वर्षीय विवेककुमार तेलीले अवैधरूपमा माछा भित्र्याएर नेपाली गाडीमा काठमाडौँ लैजाँदै गरेका व्यवसायीको भनाइ छ ।
चितवनका व्यवसायीले गत असोज १ गतेदेखि नियमित अनुगमन गर्दै आएका छन् । सोही क्रममा तेस्रोपटक अवैध माछा नियन्त्रणमा लिइएको हो । भारतीय तथा अवैध माछाको आयातमा रोक लगाउने भनेर सम्बन्धित पक्षबीच छलफल चलाएर निर्णय नै गरिसक्दासमेत आउने क्रम नरोकिएपछि मत्स्य व्यवसायीले अनुगमनलाई जारी राखेका छन् । चितवनमा वार्षिक करिब छ हजार पाँच सय टन माछा उत्पादन हुँदै आएको सङ्घले जनाएको छ ।
क्रसर उद्योग बन्द गर्न निर्देशन
भरतपुर महानगरपालिकाले नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेमा सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । सोमबार स्थलगत अनुगमनमा गएको महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी नेतृत्वको टोलीले भरतपुर महानगरपालिका–२९ भोर्लेमा सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।
क्रसर उद्योग नवीकरण नगरी सञ्चालन गरेका कारण बन्द गर्न निर्देशन दिइएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो । “नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको क्रममा सञ्चालनमा आएको क्रसर उद्योग अहिले पनि सञ्चालनमा रहेको भेटियो”, उहाँले भन्नुभयो, “आवश्यक कागजातको प्रक्रिया नपु¥याएसम्म बन्द गर्न निर्देशन दिएका छौँ ।”
उहाँले महानगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि इआइए गरेर बोलपत्रमार्फत प्रक्रिया अघि बढाउने तयारीमा रहेको जानकारी दिनुभयो । “कुन–कुन ठाउँको नदीजन्य पदार्थ निकाल्न सकिन्छ भनेर नै स्थलगत अनुगमनमा गएका हौँ, इआइएपछि मात्रै सम्पूर्ण प्रक्रिया सुरु हुन्छ”, उहाँले भन्नुभयो । महानगरपालिकाभित्र उद्योग तथा कलकारखाना बिनादर्ता र नवीकरण नगरी सञ्चालन गर्न नपाउने जनाउँदै उपप्रमुख अधिकारीले राजस्व छल्ने अधिकार कसैलाई नभएको स्पष्ट पार्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #अवैधरूपमा भित्र्याइएको दुई हजार किलो माछा नष्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्