प्रचण्डविरुद्ध परेको रिटमाथि सुनुवाइ हुँदै
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिटमाथि सुनुवाइ हुँदैछ ।
कल्याण बुढाथोकी र ज्ञानेन्द्रराज आरणले अध्यक्ष प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो । उक्त रिट न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलाशमा तेस्रो नम्बरमा परेको छ ।
प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट कात्तिक २४ गते सर्वोच्चले दरपीठ गरेको थियो । दरपीठ बदरको माग गर्दै बुढाथोकी र आरणले छुट्टाछुट्टै रिट दर्ता गरेका हुन्।
माओवादी अध्यक्ष दाहालले २०७६ माघ १ गते काठमाडौंमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वमा भएको सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मेवारी आफूले लिने बताएका थिए ।
हत्याको जिम्मा लिएको व्यक्ति पनि खुल्लम–खुला हिंड्नु संविधान र प्रचलित कानून विपरीत रहेको भन्दै द्वन्द्व पीडितहरूले दाहाललाई पक्राउ गर्न माग गरेर सर्वोच्चमा निवेदन दिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रचण्डविरुद्ध परेको रिटमाथि सुनुवाइ हुँदै, #सर्वोच्च अदालत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्