एमाले गोरखाका नेता हरी काफ्ले माथि आक्रमण
गोरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा चुनाव प्रचारमा हिडेका एमाले नेता कार्यकता माथि एमालेकै युवा संगठन युवा संघ नेपालका नेता कार्यकर्ताले कुटपिट गरेका छन् ।
पालुङटार नगरपालिका–७, च्याङ्ली स्थित म्याङगो रिसोर्टमा गएराती युवासंघ नेपाल भानु गाउँपालिकाका अध्यक्ष चिजबहादुर लामा समुहमा रहेका युवाहरुले चुनाव प्रचारमा हिडेको आफ्नौ पार्टीका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरी काफ्लेका टाउकोमा बियरको बोतलले हानेर गम्भीर घाइते बनाएका हुन् ।
भानुका युवा संघका अध्यक्ष चिजबहादुर लामा सहित राम सापकोटा, अन्जन पन्त लगायतका युवाहरु दिउँसोदेखि नै रक्सी खाएर बसेका थिए, प्रहरी स्रोतले भन्यो, त्यहीँ खाना खान चुनाव प्रचारमा हिडेका काफ्ले सहितको टोली रिर्सोटमा पुगेको रहेछ, सोही क्रममा भनाभन हुदाँ लामाको समुहले एक्कासी काफ्ले माथि बियरको बोतलले हानेका रहेछन् । चुनाव प्रचार–प्रसारबाट फर्केका अब्दुस मियाँ, हरी काफ्ले बसन्त श्रेष्ठ सहित ४ जनाको टोली खाना खान रिर्सोटमा पुगेको थिए ।
घटनामा संलग्न राम सापकोटा र अन्जन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । उनिहरुलाई आज बिहान पक्राउ गरिएको हो । घाइते काफ्लेको तनहुँको डुम्रेमा रहेको स्वास्थ्य संस्थामा उपचार गराइएको थियो । काफ्लेको टाउकोमा ७ टाँका लगाइएको छ । पिडित काफ्लको अनुसार आफुले खाना खाईरहेको बेला एक्कासी आक्रमण भएको भन्दै उनीहरुलाई आफुले नचिन्ने बताउनुभयो ।
‘पाउरोटी भण्डारमा कार्यक्रम सकेर होटलमा खाना खाने क्रममा एक्कासी आक्रमण गरे’ उहाँले भन्नुभयो, ‘उनीहरु को हुन म चिन्दिन ।’ काफ्लेले आफ्नो टाउकाको गम्भीर चोट भएका कारण थप उपचारका लागि काठमाण्डौ जान लागेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले गोरखाका नेता हरी काफ्ले माथि आक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्