अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ समकक्षी सीसँगको वार्तामा ‘विवादको विन्दु’ को खोजी गर्ने

इन्डोनेसिया। अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी चिनफिङसँगको उच्च स्तरीय वार्तामा बेइजिङसँगको तनावपूर्ण सम्बन्धमा विवादको विन्दु (रेड लाइन) स्थापित गर्ने प्रयास गर्ने बताउनुभएको छ ।
आज सोमबार इन्डोनेसियामा हुने जी–ट्वन्टी शिखर सम्मेलनका क्रममा विश्वका २० ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरूले महामारीपछिको सबैभन्दा ठूलो जमघट गर्नेछन् ।
मध्यावधि चुनावमा डेमोक्र््याटिक पार्टीको अनपेक्षित सफलता र बाइडेनले राष्ट्रपतिका रूपमा सीसँग पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको बताउनुभएको छ ।
तर यो शिखर सम्मेलन बेइजिङ र वासिङ्टनको प्रतिद्वन्द्विता तीव्र हुँदै गएको बेला भएको छ किनकि एक शक्तिशाली र दृढ चीनले अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय व्यवस्थाप्रति फरक मत राख्दै आएको छ ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच चीनको सिन्जियाङ क्षेत्रमा व्यापार, मानव अधिकार र स्वशासित टापु ताइवानको हैसियतका विषयमा विवाद रहेको र बाइडेनले सीसँग ‘सिधा छलफल’ हुने अपेक्षा गरेको बताउनुभएको छ ।
इन्डोनेसियाको बाली टापुमा रहेको जी–ट्वन्टी सम्मेलनमा जानुअघि एशियाली नेताहरूसँग भेट गरेका उहाँले नोमपेनमा पत्रकारसँग भन्नुभयो, “म सी जिनपिङलाई चिन्छु, उहाँले मलाई चिन्नुभएको छ ।”
बाइडेनले भन्नुभयो, “हामीसँग निकै थोरै मात्र मतभिन्नताहरू छन् । हामीले रातो रेखा के हो भनेर खोज्ने अवसर पाएका छौँ ।”
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बाइडेन बाली उड्दै गर्दा पत्रकारहरूसँग बताएअनुसार “अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देश, दुई राष्ट्रपति र उनीहरूका टोलीले महत्वपूर्ण मुद्दाहरूमा सहयोगात्मक रूपमा काम गर्न सक्ने बिषय यस बैठकबाट बाहिर आउने आशा गर्नुभएको छ ।
उत्तर कोरियाले छिट्टै साताँैं पटक आणविक परीक्षण गर्ने अपेक्षाबीच बाइडेनले चीनलाई उत्तर कोरियामाथि नियन्त्रणका लागि चिनियाँ राष्ट्रपति सीसँग आग्रह ९दबाब० दिने अनुमान गरिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्