ठबन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छः कमल थापा

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशीको प्रेरणामा बनेको सत्ता गठबन्धन भन्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार देशको हितमा हुने बताएका छन् ।
४ मंसिरमा हुने आम निर्वाचन नजिँकिदै गर्दा अध्यक्ष थापाले सत्ता गठबन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुने बताएका हुन् ।
सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै थापाले भारतले नाकाबन्दी गर्दा त्यसको विरुद्ध डटेर लड्ने र विदेशीले कब्जा गरेको लिम्पियाधुरा चुच्चे नक्सा बनाउने ओली नेतृत्वको सरकार देशको हितमा हुने स्पष्ट पारेका छन् ।
थापाले भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने र विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरुले देशको हित नगर्ने र उनीहरु विदेशीकै प्रेरणामा गठबन्धनमा बाँधिएको उल्लेख गरेका छन् ।
‘कसैलाई तितो लाग्ला तर, भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरु भन्दा त्यसको विरुद्ध डटेर लड्ने, विदेशीले कब्जागरेको लिम्पियाधुरा बिर्सने नेताहरु भन्दा चुच्चे नक्सा बनाउने (केपी शर्मा ओली) र विदेशीको प्रेरणामा बनेको गठबन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ ।’ एमाले अध्यक्ष ओलीलाई मेन्सन गर्दै थापाले लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कमल थापा, #ठबन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छः कमल थापा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्