Techie IT
बिहीबार, वैशाख २५,२०८२

दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एक जना गम्भीर घाइते


खलंगा । दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते हुनेमा नेकपा माओवादी केन्द्रका जयभानसिंह धामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार ३५ वर्षीय धामीको प्राथमिक स्वास्थ्य केन्द गोकुलेश्वरमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी लगिएको छ । घाइते धामी माओवादी केन्द्र काठमाडौं–दार्चुला सम्पर्क समन्वय समितिका अध्यक्ष हुन् ।

यसअघि गत साता सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच अपिहिमाल गाउँँपालिकामा दोहोरो झडप भएको थियो । घटनापछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको सूचना अधिकारी शाहीले बताउनुभयो । सो क्षत्रमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ । रासस


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:17 am6:42 pm +0545