चोरीका गरगहना र नगदसहित एक जना पक्राउ
तुलसीपुर उपमहानगरपालिका–१० सुकौराबाट चोरीका विभिन्न १६ थान गरगहना र नगद ४४ हजार ३ सय एक रूपैयाँसहित बाँके खजुरा गाउँपालिका–२ सि गाउँ बस्ने ४२ वर्षीय राजेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
शंकास्पद रूपमा बसिरहेका राजेन्द्रलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट झोलामा लुकाई राखेको उक्त गरगहना र नगद पारेको र अनुसन्धानको क्रममा उक्त धनमाल बाँके नेपालगंज पुष्पलाल चोकस्थित दुल्लु दरवार होटलबाट चोरी गरी ल्याएको खुल्न आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #चोरीका गरगहना र नगदसहित एक जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्