‘समृद्ध नेपाल, सुखी नेपाली’ को यात्रामा जुट्न ओलीकाे आह्वान
सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रामा जुट्न आह्वान गर्नुभएको छ ।
नेकपा एमाले सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देश बनाउने अभियानमा एमालेबाहेक अन्य दलका कार्यकर्ताहरूलाई पनि एकताबद्ध भएर जुट्न आग्रह गर्नुभयो ।
एमालेले सत्ताको नेतृत्व गरे अबको दश वर्षभित्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को यात्रालाई गन्तव्यमा पुर्याएर विश्वकै विशिष्ट राष्ट्रको श्रेणीमा पुर्याइने उहाँले बताउनुभयो ।
उहाँले केही अवसरवादी तत्वहरूका कारण राजनीतिको दलालीकरण भइरहेकाले यसको अन्त्यका लागि नागरिकहरू सचेत हुनुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #‘समृद्ध नेपाल, #hot, #केपी शर्मा ओली, #नेकपा एमाले, #सुखी नेपाली’ को यात्रामा जुट्न ओलीकाे आह्वान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्