अष्ट्रेलियाको स्थानीय निर्वाचनमा नेपाली मूलकी रेनुका लामा विजयी
दक्षिण अस्ट्रेलियामा भएको स्थानीय निर्वाचनमा नेपाली मूलकी रेनुका लामा काउन्सलर पदमा निर्वाचित बनेकी छन् । लामा यस राज्यमा काउन्सलर पदमा जित हासिल गर्ने नेपाली मूलकी पहिलो महिला बनेकी छन् ।
यसअघि न्यु साउथ वेल्स राज्यमा नेपाली मूलकी भद्र वाईबा पहिलोपटक काउन्सलर पदमा विजयी बनेकी थिइन् । हरेक ४ वर्षमा हुने स्थानीय निर्वाचनमा लामा दक्षिण अस्ट्रेलिया राज्यको मारियन काउन्सिलको वारिपरिङ्गा क्षेत्रबाट काउन्सलर पदमा उम्मेदवार बनेकी थिइन् । प्रवासी नेपालीहरूको संगठन एनआरएनएको दक्षिण अस्ट्रेलिया संयोजकसमेत रहेकी उनले आफ्नो जितले यस राज्यमा नेपालीको उपस्थितिलाई अझ सुदृढ बनाएको बताइन् ।
उनले आफू यस क्षेत्रमा लामो समयदेखि बसोबास गरिरहेको र यस क्षेत्रका समस्यालाई राम्रोसँग पहिचान गरेका कारण सबैको हितमा काम गर्नसक्ने सुनाइन् । आफूले एनआरएनए संयोजकका रुपमा र अन्य समयमा समेत सबै समुदायका लागि काम गरिरहेका कारण काउन्सिल निर्वाचनमा सफलता पाएको उनको भनाइ छ ।
‘जित(हार भनेको निर्वाचनको सामान्य प्रक्रिया भए पनि नेपाली मूलको उम्मेदवारका रुपमा आफूलाई प्रस्तुत गरेर निर्वाचित हुन पाउनु मेरो र यहाँका नेपाली समुदायका लागि गर्वको विषय हो ।’ उनले कान्तिपुरसित भनिन् । उनले स्थानीय समुदायले विश्वास गरेर काउन्सलर बनाएकोमा खुसी व्यक्त गर्दै सबै बहुसांस्कृतिक समुदायका लागि काम गर्ने सुनाइन् ।
यस राज्यको स्थानीय निर्वाचन यही महिनाको १० तारिखमा समाप्त भएको थियो । यहाँको स्थानीय निर्वाचन हुलाक मार्फत् हुने गरेको छ । जसका लागि मतदातालाई केही साता पहिलेदेखि नै मतपत्र वितरण गरिएको थियो । स्थानीय निर्वाचनमा मतदान गर्न संसदीय निर्वाचनजस्तो अनिवार्य नगरिएको भए पनि मतदाताले उल्लेख्य रुपमा सहभागीता जनाउने गरेका छन् । लामा उम्मेदवार बनेको क्षेत्रमा उनीसहित अन्य ५ जनाले उम्मेदवारी दिएका थिए भने यस क्षेत्रबाट दुई काउन्सलर चुनिने प्रावधान छ ।
क्याटेगोरी : समाचार
ट्याग : #अष्ट्रेलियाको स्थानीय निर्वाचनमा नेपाली मूलकी रेनुका लामा विजयी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्