सुकुम्बासी बस्ती तत्काल हटाउन मिल्दैन: प्रकाशमान सिंह

काठमाडौं ।आसन्न निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशमान सिंहले सुकुमबासी बस्तीमा तत्काल डोजर चलाउन नहुने बताएका छन्।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती करिडोर आसपासका सुकुमबासी बस्ती १० दिनभित्र खाली गर्न निर्देशन दिएपछि उम्मेदवार सिंहको यस्तो भनाइ आएको हो। चुनावी प्रचारप्रसारका क्रममा उनी आइतबार बिहान थापाथलीस्थित सुकुमबासी बस्ती पुगेका थिए।
‘बसोवासलाई उठाउने काममा सरकारले नीति र निश्चित कार्यक्रम ल्याउनुपर्यो। होइन भने कहिले ल्याउने, भत्काउने, फेरि चुप लागेर बस्ने, त्यस्तो गर्न मिल्दैन। समस्याको स्थायी समाधान गर्नका लागि नीति, कार्यक्रम बनाएर गर्नुपर्छ,’ उनले भने, ‘तपाईंहरूको बसोवासलाई व्यवस्थित रूपमा सरकार र तपाईंहरूलाई पनि सहज हुने गरी गर्नका लागि हामी त्यसमा जोड दिन्छौँ।’
पूर्वमन्त्रीसमेत रहेका सिंहले सुकुमबासीहरूको समस्या समाधान गर्न सरकारले भूमि आयोग गठन गरेको र त्यसको प्रतिवेदन आएपछि बस्ती व्यवस्थापनका लागि नीति तथा कार्यक्रम ल्याउने बताए।
‘अमानवीय दृष्टिकोणबाट कसैले पनि जबर्जस्ती गर्न मिल्दैन। भूमि आयोगको प्रतिवेदन आइसकेपछि त्यसमा भूमिहीनहरूलाई नेपाल सरकारले जुन नीति, कार्यक्रम बनाउँछ त्यो कार्यक्रमलाई लागू गराउन म त्यसमा लाग्नेछु,’ उम्मेदवार सिंहले भने।
क्याटेगोरी : समाचार
ट्याग : #प्रकाशमान सिंह
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्