घरदैलोमा व्यस्त एमाले काठमाडौं ६ (क) का उम्मेदवार निरेशलाल सिंह महर्जन
काठमाडौं । काठमाण्डौ जिल्ला क्षेत्र नम्बर ६ मा नेकपा एमालेका उम्मेदवार घरदैलो गर्नमा व्यस्त छन्। काठमाडौं क्षेत्र नम्बर ६ क को प्रदेशसभा सदस्य एमालेका उम्मेदवार निरेशलाल सिंह महर्जनले आज टोखा नगरपालिकाको वडा नं ९ मा पर्ने नयाँ बसर्पक, गोंगबु, गणेशथान क्षेत्रमा रहेका जनतासँग प्रत्यक्ष भेटघाट गर्नु भयो ।
उहाँहरुले मतदाता माझ पुगेर मत माग्नुभएको थियो । उमेदवार घरदैलोमा आउँदा स्थानीयवासीले उत्साहजनक रुपमा स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका थिए । मतदाताले एमालेले गरेका कार्यको चर्चा गदै भोट माग्ने नपर्ने बताएको महर्जनले बताउनुभयो । एमालेको विकल्प कोही हुन नसक्ने भन्दै मतदाता साथ दिन तयार रहेको उहाँको भनाइ छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाण्डौ नम्बर ६, #निरेशलाल सिंह महर्जन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्