काठमाण्डौ १ को प्रदेशसभा २ मा राप्रपाले एमालेलाई सघाउने

काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा नेकपा एमाले र राप्रपाबीच चुनाबी तालमेल भएको छ । एमालेका उम्मेदवार गणेश प्रसाद दुलाल र राप्रपाका उम्मेदवार सविना श्रेष्ठबीच तालमेल भएको हो ।
तालमेलको सहमतिअनुसार राप्रपाकी उम्मेदवार श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर एमालेका उम्मेदवार दुलाललाई समर्थन गरेकी हुन् । एमालेको काठमाण्डौ जिल्ला सचिवालय सदस्य एवम् काठमाण्डौ १ को क्षेत्रीय संयोजक धनबहादुर अछामी र राप्रपाका काठमाण्डौ जिल्ला अध्यक्ष श्याम घिमिरले संयुक्त विज्ञप्ति जारी गर्दै तालमेल भएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा काठमाण्डौ क्षेत्र नम्बर १ को २ मा राप्रपाकी उम्मेदवार श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर दुलाललाई समर्थन गरेको उल्लेख गरिएको छ । राप्रपाका नेता तथा कार्यकर्ताले एमालेका उम्मेदवार दुलाललाई मतदान गर्ने र त्यसका लागि वातावरण सृजना गर्ने सहमति भएको छ । साथै दुलालको प्रचारप्रसारमा समेत राप्रपाका कार्यकर्ता सक्रिय हुने भनिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाण्डौ १ को प्रदेशसभा २ मा राप्रपाले एमालेलाई सघाउने, #काठमाण्डौ क्षेत्र नम्बर ३ मा एमालेको चुनावी घरदैलो कार्यक्रम तिव्र
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्