संविधानको रक्षाका लागि गठबन्धन : ‘प्रचण्ड’
गोरखा । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७० वर्ष लडेर ल्याएको संविधानको रक्षाका लागि अहिलेको वाम–लोकतान्त्रिक गठबन्धन बनेको बताउनुभएको छ ।
गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले जनताको ठूलो बलिदानबाट बनेको संविधान लोकतन्त्रविरोधीबाट धरापमा परेपछि संविधान पक्षधर एकै ठाउँमा उभिएको बताउनुभयो ।
‘यो गठबन्धन हामीले प्राप्त गरेको उपलब्धिको रक्षा गर्नुको साटो भत्काउने कोसिस गरेपछि त्यसको रक्षाका लागि बनेको हो’, अध्यक्ष दाहालले भन्नुभयो, ‘अझै पनि बेलाबेलामा प्रतिगामी, यथास्थितिवादी शक्तिले टाउको उठाउने प्रयास गरिरहेका छन् ।’
उहाँले सबै उत्पीडित आदिवासी जनजातिको पक्षमा लडेर ल्याएको अधिकार कुनै हालतमा गुम्न नदिने बताउनुभयो । ‘हामीले लडेर महिला, आदिवासी, जनजाति र पिछडिएका वर्गको अधिकार स्थापित गरेका छौँ, म ती अधिकार खोस्न कुनै हालतमा दिन्न, भोट माग्न मात्र आफू गोरखा आएको नभई विकास गतिलाई तीव्रता दिन पनि आएको हुँ’, उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले उत्पीडितको अधिकारको कुरा गर्दा केही उग्रवादीले जातीय साम्प्रदायिकता फैलाउने षड्यन्त्र गरिरहेको आरोपसमेत लगाउनुभयो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्