दार्चुलामा बहालवाला मन्त्री र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा
दार्चुला । आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा बहालवाला मन्त्री र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो ।
मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा ९माओवादी केन्द्र० लगायतको साथ छ भने एमालेका उम्मेदवार ठगुन्ना एक्लै चुनावी मैदानमा छन् ।
आसन्न निर्वाचनमा एमालेले कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमित भूमिको मुद्दालाई चुनावी मुद्दा बनाएर केन्द्रीय नेतृत्वलाई नै यहीबाट चुनावी अभियान सुरुवात गरेको थियो ।
ठगुन्ना दार्चुलामा २०७० र २०७४ सालको निर्वाचनमा एमालेबाट विजयी भएका उम्मेदवार हुन् भने २०७४ को निर्वाचनमा समानुपातिक सांसद बनेका मन्त्री बडू यस पटक सत्ता गठबन्धनको भरमा चुनावी मैदानमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गणेशसिंह ठगुन्ना, #दार्चुलामा बहालवाला मन्त्री र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा, #दीलेन्द्रप्रसाद बडू
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्