मोरङ–३ मा कांग्रेसबाट मानबहादुर लिम्बूले पाए प्रदेशसभाको टिकट

विराटनगर । मोरङ–३ ९१० को प्रदेशसभाका लागि नेपाली कांग्रेसले मानबहादुर लिम्बूलाई टिकट दिएको छ । बेलबारी ८ घर भएका लिम्बू कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।
उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयन गर्न आज १० बजेदेखि १ बजेसम्म समय दिएको थियो । कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बूले टिकट पाइसकेको पुष्टि गरे । ‘मानबहादुर लिम्बूले टिकट पाउनु भएको छ,’ रायमाझीले भने, ‘मनोनयनको तयारी भइरहेको छ ।’
टिकट पाएसँगै लिम्बूले एमालेबाट उम्मेदवार बनेका दिलिप राईसँग प्रतिश्पर्धा गर्ने भएका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्