रुपन्देही–५ मा एमाले उम्मेदवारको जित सुनिश्चित :खिमलाल भट्टराई
रुपन्देही । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले रुपन्देही निर्वाचन क्षेत्र नं। ५ मा नेकपा एमालेको जित सुनिश्चित भएको बताएका छन् ।
गैडहवामा चुनावी प्रचारप्रसारका क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता भट्टराईले क्षेत्र नं। ५ का बासिन्दाले तीव्र परिवर्तनको अपेक्षा राखेको र त्यो अपेक्षा एमालेका उम्मेदवारले मात्र पूरा गर्न सक्ने भएकाले पार्टीको जित सुनिश्चित रहेको बताएका हुन् ।
उनले अब झुट र आश्वासनको राजनीति नटिक्ने भएकाले क्षेत्र नं। ५ का मतदाताले एमालेका विकासप्रेमी उम्मेदवारलाई विजयी बनाउने विश्वास व्यक्त गरे । राष्ट्रिय सभाका पूर्वसदस्य समेत रहेका नेता भट्टराईले एमालेसँग शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, सामाजिक सशक्तीकरणको स्पष्ट योजना रहेको बताउँदै समृद्धि र विकास गर्ने, राष्ट्रियताका बारेमा सोंच्ने पार्टी एमाले मात्र भएको जिकिर गरे ।
नेपाली काँग्रेसबाट जितेका सांसदले १५ वर्षसम्म क्षेत्र नं। ५ को यथोचित विकास गर्न नसकेको बताउँदै नेता भट्टराईले मंसिर ४ पछि बन्ने एमाले नेतृत्वको सरकारले अव्यवस्थित बसोबासी, भूमिहीन, सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले अव्यवस्थित बसोबासी, भूमिहीन, सुकुम्बासीहरुको समस्या समाधान गर्ने विषयलाई आफूले पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेशसभा सदस्य पदका उम्मेदवार रामचन्द्र यादवले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास, कृषि क्षेत्रको आधुनिकीकरणको विषयलाई एमालेले महत्व दिने बताए ।
नेकपा ९एमाले० ले क्षेत्र नं। ५ मा जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सँग चुनावी तालमेल गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेबाट बासुदेव घिमिरे तथा प्रदेशसभा सदस्यमा भूमिश्वर ढकाल एवम् रामचन्द्र यादव उम्मेदवार छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #खिमलाल भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्