निर्वाचनले देश र जनताको भविष्य बनाउँछ : राजेन्द्र लिङ्देन
सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको भविष्य बनाउने भएकाले मङ्सिर ४ को निर्वाचनलाई गम्भीर रुपमा लिन आग्रह गर्नुभएको छ ।
आगामी मङ्सिर ४ को निर्वाचनलाई केही राजनीतिक दलको नियन्त्रणबाट देशलाई मुक्त गराउने अवसरका रुपमा लिनुपर्ने उहाँको भनाइ थियो ।
सिन्धुपाल्चोकको मेलम्चीमा आज आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले परिवर्तन र विकासको लागि आगामी निर्वाचनमा राप्रपालाई मत दिन आग्रह गर्नुभयो ।
सोही चुनावीसभालाई सम्बोधन गर्दै राप्रपाका पूर्वध्यक्ष पशुपति शमशेर राणाले समग्रमा देश विकासको कामलाई राप्रपाले नेतृत्व दिने र त्यसका लागि आगामी निर्वाचनमा मत दिन आग्रह गर्नुभयो ।
उहाँले संसद्मा पुगेर सुनौलो देश निर्माणका लागि खबरदारी गर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #राजेन्द्र लिङ्देन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्