Techie IT
मंगलबार, असार १७,२०८२

उम्मेदवारको निधन भएसँगै मोरङ ३ (१) मा निर्वाचनको नयाँ प्रक्रिया सुरु, मतदान ४ गते नै हुने


मोरङ क्षेत्र नंबर ३ (१) का प्रदेश सभा उम्मेदवारको निधन भएपछि आगामी निर्वाचन प्रक्रियामा कुनै अवरोध नहुने निर्वाचन आयोगले बताएको छ।

सम्बन्धित दललाई उम्मेदवारी दर्ता र त्यसपछिका प्रक्रियाका लागि नयाँ कार्यतालिका सार्वजनिक गर्ने र मतदान भने मंसिर ४ गते नै हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले नेपाल लाईभलाई बताए।

सम्बन्धित दललाई उम्मेदवार मनोनयन, दावीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नयाँ कार्यतालिका प्रकाशन गर्छ। र मतदान मसिर ४ गते नै हुन्छ,’ प्रवक्ता शर्माले भने।

प्रदेश १ का वनमन्त्रीसमेत रहेका मोरङ क्षेत्र नंबर ३ ९१० का नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएको छ। थापाको निधनपछि उक्त क्षेत्रमा निर्वाचन आयोगले कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गर्ने तयारी गरेको हो।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Drizzle
5:10 am7:04 pm +0545