पूर्व अर्थमन्त्री विष्णु पौडेलद्वारा मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त

बुटवल । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गरेका छन् ।
सबै सूचकांकहरु नकारात्मक रहेको बताउँदै उनले महंगी, बेरोजगारी र तीब्र आर्थिक संकटले कतैपनि मन बुझाउने ठाउँ नरहेको उल्लेख गरे ।
सैनामैना नगरपालिकामा घरदैलो तथा जनतासँग भेटघाटका क्रमका क्रममा उनले राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको समीक्षासहित प्रकाशित गरेकोे तथ्यांकमा सबै आर्थिक सूचकांकहरु नकारात्मक देखिएको बताउँदै मुलुक निराशाजनक स्थितीमा पुगेको टिप्पणी गरे ।
पछिल्लो तथ्याङ्कअनुसार मुलुकको मुद्रास्फिती ८ दशमलव ६४ प्रतिशत छ । जुन अघिल्लो वर्षको यही अवधिमा ३ दशमलव ४९ रहेको थियो । चरम मूल्यवृद्धि, बेरोजगारीका कारण युवाहरु विदेश पलायन हुने दर अस्वभाविक वृद्धि भएको भन्दै पौडेलले चिन्ता व्यक्त गरे ।
वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्यामा १६९ दशमलव ९ प्रतिशतले वृद्धि हुनु मुलुकका लागि राम्रो सन्देश नभएको उनले बताए ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले गठबन्धन नेतृत्वको सरकारले मुलुकलाई सही दिशामा हिंडाउन नसक्दा मुलुकको स्थितिले बाटो बिराएको टिप्पणी गरे । मुलुकलाई सही बाटोमा ल्याउनका लागि एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #विष्णु पौडेल, #विष्णु पौडेलद्वारा मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्