भक्तपुरमा उम्मेदवारहरुको घरदैलो अभियान तीव्र
काठमाडौं, २३ कात्तिक । भक्तपुरमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन दल, नेकपा (एमाले), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवार निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदातका घरघरमा पुगिरहेका छन् ।
भक्तपुरको क्षेत्र नं २ मा रोचक प्रतिष्पर्धा हुने देखिएको छ । कांग्रेसका दुलर्भ थापा र एमालेका महेश बस्नेतबीच मुख्य प्रतिपर्धा हुने देखिएको छ । कांग्रेसका उम्मेदवार थापाले मतदाताको आधारभूत आवश्यकता पुरा गर्ने गरि काम गर्ने बताए । अझै पनि संविधानले ग्यारेन्टी गरेका अधिकारहरु स्थापीत हुन नसकेको भन्दै उनले आफ्नो ध्यान संविधानको कार्यान्वयनसंगै जनताको अधिकार पूर्ण गर्नेमा केन्द्रीत हुने धारणा राखे । उनले मुलुकमा लोकतान्त्रीक गणतन्त्र आएको धेरै बर्ष भएपनि जनताले महशुस गर्न नसकेको बताए ।
त्यस्तै एमालेका उम्मेदवार बस्नेतले पाँच बर्ष अगाडि जनताले आफूहरुलाई शंकाको दृष्टिले हेरेपनि अहिले पनि सवै शंका हटिसकेको दाबी गरे ।
बिगतमा एमालेले भनेको भन्दा धेरै काम गरेर देखाएको र आगामी दिनमा बाँकी कामहरुलाई पुरा गर्ने उनले बताए । यसअघिको प्रतिनिधिसभा निर्वाचनमा एमालेका महेश बस्नेत भारी मताअन्तरले बिजयी भएका थिए ।
कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानालाई टिकट दिएको थियो । यसपटक सता गठबन्धनले भक्तपुरमा सीट बाँंडफाँटमा प्रतिनिधि सभातर्फ क्षेत्र नं २ को प्रतिनिधि सभाको भाग कांग्रेसले पाएको थियो । क्षेत्र नं १ भने माओवादी केन्द्रको भागमा परेको छ ।
प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सुवाल ,सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुनिल गोठे र एमालेका नवराज गेलाल उम्मेदवार छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #भक्तपुरमा उम्मेदवारहरुको घरदैलो अभियान तीव्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्